१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाबारे लेखिएको गलत सूचना सच्याइयो



अ+ अ-

काठमाडौं । सगरमाथा चीनमा रहेको भनी इजरायलको मृतसागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजारायलस्थित नेपाली राजदूतााबासले सच्याउन लगाएको छ।

विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथामा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात् समुद्री सतहभन्दा चार सय ९० मिटर तल रहेको डेड सी (मृतसागर)भए पनि त्यहाँको होडिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूताबासले सच्याउन लगाएको हो।

मृतसागर जोर्डन र इजरायलका बीच प्यालेस्टाइन टेरिटरीमा अबस्थित छ। विश्वसामु नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरायलमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गर्छन। त्यहाँ पुग्ने पर्यटकले यसभन्दा अघि विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको गलत सूचना प्राप्त गर्ने गरेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।