१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अस्पताल : चिकित्सक र औषधी छैन, विरामीको चाप यस्तो



अ+ अ-

काठमाडौं । चिकित्सक र कर्मचारी समायोजनका कारण सिन्धुली अस्पतालको सेवा ठप्प भएको छ।सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्दा अस्पतालमा कार्यरत सबै चिकित्सकले संघ मातहतका स्वास्थ्य संस्था रोज्दै कार्यालय छाडेर गएपछि सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए।

अस्पतालले करारमा लिएका ३ जना मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन गर्नुपर्दा एक सातादेखि यहाँका सेवाहरू बन्द जस्तै छन्।

अस्पतालमा ६ जना विशेषज्ञ डाक्टर सहित ६४ जनाको दरबन्दी छ। तर, कर्मचारी समायोजनका कारण एक जना प्रशासनिक कर्मचारी बाहेक अन्य कर्मचारीहरुले संघ रोजेर हिँडेपछि ६३ जना विशेषज्ञ चिकित्सक सहितको दरबन्दी खाली छ।

‘सरकारले समायोजनपछि सिन्धुली अस्पतालका लागि खटाएका चिकित्सक कहिले आइपुग्ने भन्ने कुनै टुङ्गो छैन। विशेषज्ञ चिकित्सक अभाव हुँदा अस्पतालमा ओपीडी र गर्भवती लगायत प्रायः सबै सेवा प्रभावित भएका छन्,’ उनले भने।

वरिष्ठ स्त्रीरोग विशेषत्र तथा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमले समायोजनमा संघ रोजेपछि उनले पनि सिन्धुली अस्पताल छाडिसकेकी छन्। ‘गौतमसँगै भएका स्टाफ नर्स सबै सरुवा भएर गएपछि अस्पतालमा स्त्री रोग तथा गर्भवती महिलाको स्वास्थ्य परीक्षण सेवा समेत एक सातादेखि प्रभावित भएको छ,’ पोखरेलले भने।

बाल रोग विशेषज्ञ डाक्टर बुलु वाग्लेको दरबन्दी सिन्धुली अस्पतालमा भएपनि उनी केही महिना अघि सिन्धुलीमा हाजिर भएर काठमाडौं बस्दै आएकी छन्। उनको पनि समायोजनमा सिन्धुलीमा नपरेपछि बालरोग विशेषज्ञको अभावमा लामो समयदेखि सेवा प्रभावित हुँदै आएको थियो।

‘पहिला पहिला भएका दरबन्दीमा खटाइएका विशेषज्ञ चिकित्सक जिल्ला आउनै नमान्दा सेवा प्रभावित छँदै थिए’, अध्यक्ष पोखरेलले थपे, ‘अहिले आएर सबै सरुवा र समायोजनका नाममा अस्पताल छाडेर हिँड्दा सेवा प्रभावित भएको छ।‘

सिन्धुली अस्पतालमा दैनिक ३०० देखि ४०० जना स्वास्थ्यसेवा लिन आउँछन्। ती मध्ये झण्डै ५० प्रतिशत महिलाको स्त्रीरोग सम्बन्धी चेकजाँच हुने गरेको थियो।

अस्पतालमा अर्थोपेडिक, ११ औं तहको मेडिकल सुपरिटेण्डेन्ट, एनेएसथेसिसयोलोजिस्ट ९बेहोस बनाउने विशेषज्ञ०,जनरल फिजिसियन, बालरोग विशेषज्ञ, रेडियोलोजिस्टहरू वर्षौंदेखि खाली नै थिए। डेन्टल र हार्डजोर्नी विशेषज्ञको पद पनि अस्पतालमा खाली छ। ९ जना मेडिकल अधिकृत, ८ जना मेडिकल अफिसर, १ जना अहेब र १ जना अनमीको दरबन्दी छ। उनीहरूको पनि कर्मचारी समायोजनामा अन्यत्र परेपछि सबैले अस्पताल छाडिसकेका छन्।

अध्यक्ष पोखरेलका अनुसार विशेषज्ञको अभावमा रेडियोलोजी, अल्टासाउण्ड, एक्सरे, ल्याव, सुरक्षित सुत्केरी सेवा तथा सुरक्षित गर्भपतनदेखि इमरजेन्सी सेवा, फार्मेसी समेत बन्द भएका छन्।

बढ्दै बिरामी

सेवा प्रभावित भए पनि अस्पतालमा बिरामीको चाप घटेको छैन। जिल्लामा बनेपा–सिन्धुली–बर्दिवास सडक, मध्यपहाडी र मदनभण्डारी लोकमार्ग जस्ता ठूला सडकमा दिनहुँ हुने दुर्घटनाका घाइतेहरूको पनि सिन्धुली अस्पतालमै उपचारका लागि लाने गरिएको छ। ‘यस्तो अवस्थामा चिकित्सक नहुँदा सेवा प्रदान गर्न कठिन हुँदै आएको छ,’ अध्यक्ष पोखरेलले भने।

२०३५ सालमा १५ शैयामा स्थापना गरिएको सिन्धुली अस्पताल अहिले १०० शय्याको छ। तर, चिकित्सक जिल्लामा बस्नै नमान्दा अस्पतालमा भएका आधुनिक उपकरण पनि प्रयोगमा आउन सकेका छैनन्। ‘आमा सुरक्षा कार्यक्रम’ समेत प्रभावित हुँदा जिल्लामा बर्थिङ सेन्टरहरू समेत बन्द छन्।

अस्पतालमा सरकारले निःशुल्क प्रदान गर्ने औषधी समेत अभाव छ। ‘पैसा अभावमा उधारो ल्याइएको निःशुल्क औषधी पनि अब दुई दिनलाई भन्दा पुग्दैन। उपचार गर्ने चिकित्सक पनि छैनन्’, पोखरेलको चिन्ता छ, ‘मैले के गर्ने रु सबैले सहयोग गर्नुपर्‍यो।‘ अन्नपूर्णबाट