१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मसान घाट पुर्याएको शव प्रहरी नियन्त्रणमा, मलामी भागाभाग



अ+ अ-

काठमाडौं । जलाउन घाट पुर्याएको महिलाको शव शुक्रबार प्रहरीले नियन्त्रणमा लिएर मृत्युको कारणवारे अनुसन्धान सुरु गरेको छ । वीरगन्ज महानगरपालिका २३ प्रसौनीविर्ताकी करीब २८ वर्षीया अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग भएको थियो। अन्जुका पति पन्नालालसमेत फरार छन्। परिवारकै सदस्यबाट अन्जुको हत्या भएको आशंकामा अनुसन्धानका लागि लाश नियन्त्रणमा लिएको पर्साका डिएसपी अन्नतराज शर्माले जानकारी दिए। उनले शव जलाउन गैया घाटमा लैजादै गर्दा प्रहरी पुगेपछि शव छोडेर मलामी भागेकोले घटना शंकास्पद देखिएको उनले बताए।

स्थानीयका अनुसार अञ्जुदेवीका पति पन्नाला र आफन्तले सुरुमा शव भारतमा लगेर दाहसंस्कार गर्न खोजेका थिए। उनीहरुले घरमै एम्बुलेन्ससमेत बोलाएका थिए। तर, एम्बुलेन्स चालकले शव भारत लैजान नमानेपछि सिर्सिया घाटमा जलाउने तयारी भएको थियो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।