१३ असार २०८३, शनिबार
,
Latest
दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक, दुइटा बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम हो : प्रचण्ड



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्। उनले अहिलेको समय आतंकित पारेर हिड्ने नउका कारण विप्लवलाई वार्ता, संवादमा आउन आग्रह पनि गरे।

आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै ‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो।’

देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको दाहालले बताए।