१३ असार २०८३, शनिबार
,
Latest
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याउ बोक्ने कन्टेनरबाट सात किलो सुन बरामद



अ+ अ-

काठमाडौं । उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ ।

केरूङबाट सामान लिई आएको ना६ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति प्रमुख जीवन केसीले जानकारी दिनुभयो।

सामान परीक्षण गर्ने क्रममा विषेश सुराकीको आधारबाट कन्टेनर डिब्बा चेकजाँच गर्दा चालक सिटको माथिल्लो भागमा साधारण तवरले रूमालमा बेरी राखेको अवस्थामा ७ केजी सुन भेटिएको थियो । स्याउको मालवाहक डिब्बा चलाउने चालक नौकुण्ड गापा–१ थाङदोर निवासी शेर ग्याल्पो घले रहेका र सुनसहित उनलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिनुभयो।

अवैध सुनसहित पक्राउ परेका घलेलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुन्चे चलान गरिएको छ । सुनको मूल्य भने निर्धारण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

ठूलो परिमाण रसुवागढी नाकाबाट सुन भित्रिने गरेको बेलाबेलामा हल्ला चल्ने गरे तापनि प्रहरीले सुराकीको सूचनाबेगर पक्रन भने सकेको छैन । तर सुन बरामतपश्चात पत्रकार सम्मेलनमा जानकारी गराउँदा सुराकीको आधारबाटै बरामद गरेको बताउँदै आएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार रसुवागढी नाकामा हालसम्म करिब ५० केजी सुन बरामद भएको बताइएको छ । नेपाल समाचारपत्रबाट ।