१३ असार २०८३, शनिबार
,
Latest
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग



अ+ अ-

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहेका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गरेका हुन् ।

दिवङ्गत मातापिताको स्मृतिमा मोहनबहादुरकी श्रीमती कृष्णकुमारी, भाइ डिलबहादुर, छकबहादुर, गमबहादुर र बहादुर पुर्जाका परिवारको तर्फबाट संयुक्त रु पाँच लाख सहयोग प्राप्त भएको हो ।

पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताए ।

यसैगरी राम्चे आमा समूहलाई गमबहादुर पुर्जाले रु १५ हजार, उहाँकी छोरी डा चुमन पुर्जाले रु पाँच हजार, बहादुर पुर्जाले रु १५ हजार र स्टाफ नर्स रेखा पुर्जाले रु पाँच हजार सहयोग गरेका छन् । सहयोगदाता पुर्जा परिवारलाई मङ्गलबार राम्चेमा देउराली आधारभूत विद्यालय, राम्चे आमा समूहले सम्मान गरेका थिए ।