१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको सिम बहिष्कार अभियान



अ+ अ-

काठमाडौं । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी सुरु भएको छ ।
सर्वोच्च अदालतको आदेशअनुरुप ठूला करदाता कार्यालयले अघिल्लो साता एनसेलकोे कर निर्धारण गरेको थियो । तर, ठूला करदाता कार्यालयको निर्णयविरुद्ध एनसेल सर्वोच्च अदालत पुगेपछि अभियन्ताले सो अभियान थालेका हुन् ।

लामो समयदेखि विभिन्न बहानाबाजी गर्दै कर नतिरी बसेको एनसेलले फेरि पनि कर नतिर्न बखेडा झिकेको हुँदा एनेसलले राज्यको ढुकुटीमा कर दाखिला नगर्दासम्म उसको सेवा बहिष्कार गर्न सेवाग्राहीलाई आग्रह गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।