१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा रिक्त दरबन्दी आयोगबाटै पदपूर्ति गरिने



अ+ अ-

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया थालेको हो। सोअनु्सार विभिन्न १०० वटा स्थानीय तहले रिक्त कर्मचारीे विवरणसहितको मागआकृति फाराम भरेर मन्त्रालयमा पठाएका छन्।

संविधानले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश लोकसेवा आयोगलाई दिएको छ। तर, प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न र लोकसेवा परीक्षाको पाठ्यक्रम तथा मापदण्ड निर्धारण गर्न तत्काल नसक्ने भन्दै केन्द्रीय सरकारले एकपटकका लागि स्थानीय तहमा रिक्त कमचारीको पदपूर्ति प्रक्रियाको गृहकार्य अघि बढाएको खबर आजको राजधानी दैनिकमा छ।