२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक खन्ने क्रममा स्काभेटर कर्णाली नदीमा खस्यो



अ+ अ-

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको थियो ।

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए । स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।