१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रगत लिँदा हेपाटाइटिस सर्‍यो



अ+ अ-

काठमाडौं । रगत चढाउँदा काठमाडौंबासी २१ वर्षीया एक किशोरी हेपाटाइटिस ‘सी’ संक्रमित भइन् । जन्मदै रक्तरोग थालेसिमिया लिएर जन्मेकी उनलाई सातामा एकपटक शरीरमा रगत चढाउनुपर्छ । उनी भन्छिन् ‘रगत नलिउँ भने मेरो ज्यानै जोखिममा पर्छ ।

रगत लिउँ भने केके रोग सर्छ भनेर सधैं डर लागिरहन्छ ।’ एक वर्षअघि रगत लिँदा रगतको माध्यमबाट हेपटाइटिस सरेको उनले बताइन् । उनले भनिन् ‘यसै पनि म जन्मदै कहिल्यै निको नहुने रोग लिएर जन्मिएँ । त्यही रोग उपचार गर्दा आर्को रोग पनि सर्यो ।’

शरीरबाट हेपाटाइटिसको भाइरल लोड हटाउने उपचारमै उनको २ देखि ३ लाख खर्च भइसक्यो । शरीरबाट हेपाटाइटिसको संक्रमण हटेपनि मानसिक रुपमा रोगको डर भने हट्न नसकेको सुनाउँदै उनी भन्छिन्, ‘थालेसिमियाले नै मेरो शरीर र मन धेरै कमजोर बनाइसक्यो छ । समाचार कान्तिपुर दैनिकले छापेको छ ।