१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा यसरी लुटियो अर्बौँ रुपैयाँ



अ+ अ-

काठमाडौं । २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन । मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै आयोजना प्रमुखलगायतका व्यक्तिहरुको मिलेमतोमा चरम लुट मच्चाइएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७५ ले ठहर गरेको छ ।

करोडौँ बिलको भुक्तानी विना प्रमाण गरेको देखिएको छ भने कयौँ शीर्षकमा गरिएको भुक्तानीमा अनियमितता रहेको भन्दै महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले त्यस्तो रकम असुलउपर गर्नै पर्ने जनाएको छ ।

असुलउपर गर्नुपर्ने भन्ने रकम नै अर्बभन्दा बढी छ । निर्माण काममा संलग्न ठेकेदारहरुले मागेजति भुक्तानी दिँदा पनि उनीहरु भाग्ने क्रम जारी छ । यसले सरकारी अधिकारीहरुले ठेकेदारसँग धेरै कमिसन मागेको संकेत गरेको छ । यो समाचार आजको आर्थिक दैनिकमा छ ।