काठमाडौं । नेपाल प्रहरीले चोरी गरेको स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले चोरी भएको बा५०प ५७६५ नंको स्कुटरसहित रामेछापका १९ वर्षीय वीर तामाङलाई शनिबार काठमाडौँ महानगरपालिका–१ नक्सालबाट पक्राउ गरेको हो ।
वृत्तबाट खटिएको टोलीले जाँचका क्रममा उक्त स्कुटर चोरी गरेर ल्याएको खुल्न आएको छ । पक्राउ तामाङसँग स्कुटर चोरीबारे आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।