६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्याक्ट चेक : सगरमाथामा ‘हस्तमैथुन’ गर्ने व्यक्ति आइल्याण्डका ३६ वर्षीय नागरिक !



अ+ अ-

काठमाडौं । केहि दिन यता सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा एक तस्वीर भाइरल बन्यो । रातो ज्याकेट, कालो चस्मा, मुख छेउ अक्सिजनाका माक्स र खुट्टामा बरफमा हिड्न बनाईएको जुत्ता लगाएका तीन जनाको तस्वीर एका-एक भाइरल बन्यो ।

सामाजिक सञ्जाल र केही सन्चारमाध्यमले लेखे -‘सगरमाथा शिखरमा गरे युवकले हस्तमैथुन’ । तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।

निजारीले सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन’ गरेर विश्व रेकर्ड कायम’ गरेको भनी उक्त तस्वीर पोष्ट गरेपछि भाइरल बन्यो ।

सामाजिक सञ्जाल र सन्चारमाध्यममा भाइरल भएपछि पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्दा उक्त तस्वीर हालसालै खिचिएको नभएको बतायो ।

विभागकी निर्देशक मिरा आचार्यले उक्त तस्वीर ११ वर्षअघि (सन् २००८) मा खिचिएको बताइन् । उनले हाल सालै सामाजिक सञ्जालमा बुझ्दा भर्जिन आइल्याण्डका ३६ वर्षीय हग इ रेक्सहुन रहेको बताइन् । उनले वास्तविकता पत्ता लगाएरयसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।