६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक पत्रकारले चाहेजस्तै आउछ : गौतम



अ+ अ-

गुलरिया । नेकपा सचिवालय सदस्य वामदेव गौतमले मिडिया काउन्सिल विधेयक पत्रकारले चाहेजस्तो आउने बताएका छन् । पार्टीभित्र धेरै नेताको सच्चाउनुपर्ने आवाज आएकाले पत्रकारले चाहेजस्तो विधेयकका आउने उनले बताएका हुन् ।

नेकपा जिल्ला समिति बर्दियालाई शपथ खुवाउन बर्दिया आएका गौतमले पत्रकार भेटघाट कार्यक्रममा विवादित बुँदाहरु सच्चिने बताए ।

उनले संचार मन्त्रालयबाटै पेश गरिएको विधेयक सम्बन्धित मन्त्रीले नै परिमार्जन गर्ने उद्घोष गरिसकेकाले विधेयकमा रहेका विवादित विषय वस्तु परिमार्जित हुने बताए ।