१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक पत्रकारले चाहेजस्तै आउछ : गौतम



अ+ अ-

गुलरिया । नेकपा सचिवालय सदस्य वामदेव गौतमले मिडिया काउन्सिल विधेयक पत्रकारले चाहेजस्तो आउने बताएका छन् । पार्टीभित्र धेरै नेताको सच्चाउनुपर्ने आवाज आएकाले पत्रकारले चाहेजस्तो विधेयकका आउने उनले बताएका हुन् ।

नेकपा जिल्ला समिति बर्दियालाई शपथ खुवाउन बर्दिया आएका गौतमले पत्रकार भेटघाट कार्यक्रममा विवादित बुँदाहरु सच्चिने बताए ।

उनले संचार मन्त्रालयबाटै पेश गरिएको विधेयक सम्बन्धित मन्त्रीले नै परिमार्जन गर्ने उद्घोष गरिसकेकाले विधेयकमा रहेका विवादित विषय वस्तु परिमार्जित हुने बताए ।