६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : आर्मीसँग प्रदेश एकको फराकिलो हार, सुशान भारीको ६ विकेट



अ+ अ-

काठमाडौंं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मी क्लबले प्रदेश एकलाई फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले प्रदेश एकलाई ११३ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा सबै विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

आर्मीका लागि राजेश पुलामी मगरले ५६ रन बनाउँदै टिमलाई उकासेका थिए । त्यस्तै, हरि चौहानले ४१ र कप्तान विनोद भण्डारीले ३० रन बनाएका थिए ।

बलिङतर्फ दिपेश कँडेलले तीन विकेट लिए ।

२०५ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरेको प्रदेश एकले २६.५ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो ।

प्रदेश एकका लागि राजन मगरले २६, मुकुन्द यादवले १८ र रवि रोयले १० रन बनाएका थिए ।
बलिङतर्फ सुशान भारीले एक्लैले ६ विकेट लिए ।