६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात व्यक्तिबाट दम्पतीको हत्या, १२ वर्षीय नाती गम्भीर घाइते



अ+ अ-
फाइल तस्बिर

दार्चुला । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।

हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् । द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । वीरभानको भने जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ । टाउकोबाट अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान मात्रै गाउँलेले चाल पाएका थिए । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन ।

घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घट्ना भएको थियो । अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।

घट्नाको थप अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिए ।