२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड
अ अ+ अ-

काठमाडाैँ । निर्माण क्षेत्रमा बालश्रम रोकथाम तथा बालअधिकार संरक्षणका लागि निर्माण व्यवसायी, सम्बन्धित निकाय र सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता आवश्यकता औंल्याएको छ ।

सामुदायिक विकास केन्द्र (सिडिसी) ले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘बालअधिकार प्रवर्द्धनमा निर्माण व्यवसायीको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताहरूले निर्माणस्थललाई बालश्रममुक्त बनाउँदै बालमैत्री व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा निर्माण क्षेत्रमा बालबालिकामाथि हुन सक्ने जोखिम पहिचान गरी उनीहरूलाई बालश्रम तथा जोखिमपूर्ण कामबाट जोगाउने, बालसंरक्षणसम्बन्धी मापदण्ड कार्यान्वयन गर्ने र सुरक्षित निर्माणस्थलको अवधारणा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।
प्रदेश बालकल्याण परिषद्का सदस्य एवं अधिवक्ता वीरबहादुर जेठाराले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी व्यवस्थाअनुसार १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनै नपाइने र १४–१८ वर्षमुनिका बालबालिकालाई पनि कानुनअनुसार मात्र काममा लगाउने व्यवस्था पालनाका लागि आग्रह गर्नुभयो ।
उहाँले गरिबी, जीविकोपार्जन वा अभिभावकको बाध्यतालाई आधार बनाएर बालबालिकालाई श्रममा लगाउन नमिल्ने स्पष्ट पार्दै निर्माण क्षेत्रमा पनि कानुनी व्यवस्थाको पूर्ण पालना गरिनुपर्नेम जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सहसचिव प्रकाशदत्त भट्टले बालबालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा मनोवैज्ञानिक विकास र मानवअधिकार संरक्षणलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।
उहाँले बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी व्यवस्थाबारे प्रस्तुतीकरण गर्दै निर्माण व्यवसायीले आफ्नो आर्थिक अधिकारसँगै बालबालिकालगायत सबैको मानवअधिकारप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । कानुनको पालना व्यक्तिको बाध्यता वा परिस्थितिभन्दा माथि रहने उहाँको भनाइ थियो ।
सिडिसीका कार्यकारी निर्देशक हेमराज जोशीले पूर्वाधार विकाससँगै बालबालिकाको अधिकार, सुरक्षा र भविष्य सुनिश्चित हुने गरी निर्माणका काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले निर्माण क्षेत्रमा बालश्रम निषेध गर्नुका साथै श्रमिक अभिभावकसँग आश्रित बालबालिकाको सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सिडिसीका बालअधिकार संयोजक एकराज बडूले निर्माण कम्पनीमा बालसंरक्षण सम्पर्क व्यक्ति तोक्ने, बालसंरक्षणसम्बन्धी मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने तथा संस्थागत प्रतिबद्धता र जवाफदेहिता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ सुदूरपश्चिम तथा जिल्ला समिति कैलालीका प्रतिनिधिहरूलाई बालअधिकार, बालश्रमसम्बन्धी राष्ट्रिय कानुनी प्रावधान र बालसंरक्षणका व्यवस्थाबारे जानकारी दिइएको थियो । निर्माण आयोजनामा बालसंरक्षणका उपाय अवलम्बन, सुरक्षित, समावेशी तथा सबैको पहुँचयोग्य पूर्वाधार विकासमा व्यवसायी सङ्घहरूको भूमिका सुदृढ गर्न र बालश्रम रोकथामका लागि व्यावहारिक कार्ययोजना तयार गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रमा बालबालिकाको प्रयोग निषेध रहेको र कानुनी व्यवस्थाको कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका थिए । वक्ताहरूले सङ्घमा आबद्ध व्यवसायीलाई बालअधिकारसम्बन्धी कानुनी व्यवस्था र त्यसको पालना गर्नुपर्ने दायित्वबारे सुसूचित गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
विभिन्न अध्ययनले सुदूरपश्चिममा बालश्रमको प्रचलन दर करिब २१ प्रतिशत रहेको देखाए पनि अद्यावधिक र यकिन अवस्थाबारे थप अध्ययन आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो ।