२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै
अ अ+ अ-

काठमाडाैँ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ । सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच वर्षमा नाउर र झारलको संख्या गणना गर्दै आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएसँगै नाउर र झारलको गणनाका लागि प्राविधिक तथा आरक्षका कर्मचारीलाई सातवटै सिकार ब्लकमा परिचालन गर्ने तयारी गरिएको छ ।
‘टाउको गन्ने’ विधिबाट नाउर र झारलको गणना गरिने आरक्ष कार्यालयले जनाएको छ । आरक्षअन्तर्गत सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात वटा सिकार ब्लक छन् । ती सबै ब्लकमा गणना गरिनेछ ।
आरक्ष कार्यालयका अनुसार यसअघि कोरोनाका कारण नियमित पाँच वर्षमा हुनुपर्ने गणना एक वर्ष ढिलागरी विसं २०७९ मा गरिएको थियो । त्यसबेला एक हजार २९० नाउर र ७४४ झारल फेला परेका थिए ।
गणनामा देखिएको नाउर र झारलको सङ्ख्या, उमेर तथा लिङ्ग संरचनाका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको वार्षिक कोटा निर्धारण गर्दै आएको छ ।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार हाल बर्सेनि १९ देखि २४ नाउर र १४ देखि १९ झारलसम्मको सिकार कोटा निर्धारण हुने गरेको छ । पछिल्लो गणनापछि नाउरको वार्षिक कोटा २० वटामा कायम गरिएको छ ।
“यसपटकको गणनापछि प्राप्त नतिजाका आधारमा सिकारको कोटा थपघट हुन सक्छ”, रेञ्जर सुवेदीले भन्नुभयो ।
गणनाबाट वयस्क नाउर र झारलको सङ्ख्या, भाले तथा पोथीको अनुपात र पाठापाठीको अवस्थासमेत यकीन गरिने उहाँले बताउनुभयो । रेञ्जर, भरिया तथा सिकारसम्बन्धी अनुभव भएका स्थानीयवासीको सहभागितामा गणना गरिनेछ ।
नाउर र झारल बाख्रा प्रजातिमा पर्ने वन्यजन्तु हुन् । ढोरपाटनमा प्रत्येक वर्ष असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा वैधानिक सिकार खुला गरिँदै आएको छ । विगतको जस्तै यसपटक पनि चालु आवको पहिलो सिकार याम सुरु भइसकेको छ । यस याममा १० नाउर र सात झारलको सिकारका लागि कोटा निर्धारण गरिएको छ ।
आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सिकारका लागि अनुमति पाएका विदेशी सिकारी नेपाल आउनेक्रम सुरु भएको छ । अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायत मुलुकबाट व्यावसायिक सिकारी ढोरपाटन आउने गरेका छन् ।
ढोरपाटन वैधानिक सिकारका लागि विश्वमै परिचित गन्तव्य मानिँदै आएको छ । साहसिक यात्रा र सिकारको अनुभव लिन विदेशी सिकारी हेलिकप्टरमार्फत आरक्ष पुग्ने गरेका छन् । सिकारबाट प्राप्त राजस्व वन्यजन्तु संरक्षण तथा आरक्ष व्यवस्थापनमा महत्वपूर्ण स्रोतका रुपमा रहिआएको छ ।