२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो

अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
अ अ+ अ-

कर्णाली।  कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय शिक्षामा तह बढ्दै जाँदा उनीहरू हराउँदै जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

युवा सङ्घ नेपालद्वारा मङ्गलबार वीरेन्द्रनगमा आयोजित ‘अपाङ्गता भएका बालबालिकाहरूको बाल अधिकारसम्बन्धी प्रदेशस्तरीय नीति संवाद कार्यक्रम’ मा सङ्घका सल्लाहकार कलाधर भण्डारीले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

तथ्याङ्क प्रस्तुत गर्दै सल्लाहकार भण्डारीले भन्नुभयो, “अपाङ्गता भएका बालबालिकाको विद्यालय भर्नादर कम छ र शिक्षाको तह बढ्दै जाँदा बिस्तारै हराउँदै जान्छन् ।”

पहुँचयुक्त माध्यमिक शिक्षा नजिक नहुँदा बालबालिकाले कक्षा ८ मा पढाइ छोड्ने गरेको र त्यसमा पहिचान÷परीक्षण, निरन्तर मूल्याङ्कन, वैयक्तिक शिक्षा योजना, उचित समायोजन र ‘फ्लोअप’ सहयोगमा रुपान्तरण नहुने गरेको उहाँको भनाइ थियो ।

सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्णकुमार खड्काले कर्णाली प्रदेशमा अपाङ्गता भएका बालबालिकाहरूको अधिकारको अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले मूलतः शिक्षा, स्वास्थ्य तथा पुनःस्थापना, संरक्षण, सामाजिक सुरक्षा, पहुँचयोग्यता र सहभागिताका विषयमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले अपाङ्गता संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै प्रदेश सरकारले सबै बालबालिका, महिला, ज्येष्ठ नागरिकका सवालमा प्रादेशिक नीति ल्याउने तयारीमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग मौजुदा नीति छन्, त्यसको हामी सुधार गर्दैछौँ ।” खासगरी अपाङ्गता भएका बालबालिकाहरूका लागि शिक्षा र संरचना दुवैमा पहुँच हुने नीति र त्यसमार्फत ऐन, नियम र कार्यविधि बनाइने मन्त्री मल्लले बताउनुभयो ।

प्रदेशसभा सदस्यहरू क्रमशः दुर्गबहादुर रावत, घनश्याम भण्डारी, बलिमाया बुढा र सन्तोषी शाहीले अपाङ्गता भएका बालबालिकाको बाल अधिकार सुनिश्चित गर्न सदनमार्फत आवश्यक नीति ल्याउन पहल गरिने बताउनुभयो ।

सो कार्यक्रममा कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त शिक्षा र संरचना दुवै नभएकाले यसमा प्रदेश तथा स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुसार आफ्नो क्षेत्राधिकारभित्र रहेर नीति, योजना, कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।   रासस