१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल
अ अ+ अ-

बाँके। नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ।

नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।

रु ३३ करोड ३४ लाख ७५ हजार ३७० लागतमा निर्माण भएको सिटी हल उद्घाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् ।

सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रुपमा चहलपहल बढ्ने भएपनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको स्थानीयवासी समेत रहनु भएका नेपालगञ्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताउनुभयो ।

उहाँले सञ्चालनको जिम्मा लिएको नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाहल सञ्चालनका लागि विशेष चासोका साथ सहुलियत दर कायम गर्नुपर्नेमा जोड दिनुभयो । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरु निराश भएको मिश्राको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठूलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रुपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताउनुभयो ।

“ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभाहल बन्द अवस्थामा छ”, उहाँले भन्नुभयो, “नगर सभाहल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।”

नेपालगन्ज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङलगायत पूर्वाधार निर्माण गरिएको छ । सभाहल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठूलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताउनुभयो । सिटी हल निर्माण भएपछि दुईपटक नगरसभा र दुईपटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उहाँलले जानकारी दिनुभयो ।

“सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ”, प्रवक्ता रिजालले भन्नुभयो, “नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।”  रासस