१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद
अ अ+ अ-

गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध भएको छ ।

बाढीले पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुलमा झन्डै १०० मिटर सडक बगाएको छ । पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुलमा क्षति पुग्दा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय, पर्वतका प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले जानकारी दिनुभयो ।

नयाँपुलमा सडकको पूरै भाग कटान गरेकाले अस्थायी रूपमा मार्ग खोल्न केही दिन लाग्ने जनाइएको छ । मालढुङ्गाको पुलमा पर्वतपट्टिको भाग भत्केको छ । जीर्णोद्धार नगरेसम्म उक्त पुलबाट सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रहरी नायब निरीक्षक भट्टराईले बताउनुभयो ।

कास्कीलगायत जिल्लाबाट उक्त सडकखण्ड हुँदै बागलुङ, म्याग्दी र मुस्ताङका लागि छुटेका साना सवारीसाधन छमर्कैबाट पाङ हुँदै वैकल्पिक सडक प्रयोग बाध्य भएका छन् ।

ठूला सवारीसाधन भने बीचमा रोकिएका छन् । मध्यपहाडी लोकमार्ग भएर बागलुङ हुँदै पूर्वीरूकुम, पश्चिमरूकुमलगायत जिल्ला जाने लामो दूरीका सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन् । बिरामी एवं अत्यावश्यक कामका लागि हिँड्ने यात्रुलाई सास्ती थपिएको छ ।

मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गर्दा यातायात सेवा ठप्प बनेको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो । “फर्से र लस्तीमा गरी दुईतीन ठाउँमा बाढीले सडक कटान गरेको छ”, उहाँले भन्नुभयो, “केही दिन यस क्षेत्रको यातायात सेवा प्रभावित हुने देखिएको छ ।”

उहाँका अनुसार जलजला–८ फर्सेको पुरानो बजार बाढीले बगाएको छ । बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन् । यस्तै, २५ घर उच्च जोखिममा रहेका गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठूलो क्षति भएको अध्यक्ष आचार्यले बताउनुभयो । रासस