१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको विषयलाई लिएर हिजो आईतबार विभिन्न टिकाटिप्पणी भएका छन् ।

उनलाई मध्य रातमा घरैमा पुगेर किन नियन्त्रणमा लिइयो र हिजै दिउँसो किन छोडियो भन्ने विषयमा सरकारको कुनै जवाफ नआउँदा सबैले आ आफ्ना तर्कहरु अघि सारिरहेका छन् । उनलाई नियन्त्रणमा लिएको बताएको प्रहरीले उनीमाथि सुरक्षा थ्रेट रहेको भन्ने जवाफ सार्वजनिक गरेको भए पनि मानिसहरुले यसमाथि विश्वास गर्न सकिरहेका छैनन् ।

सुरक्षा थ्रेट रहेको भए घरमै प्रहरीले पहरा दिनुपर्नेमा सुतिरहेको मानिसलाई किन उठाएर लगेको भनी मिडिया, सोसल मिडियामा सोधिएका हजारौँ प्रश्नमा सरकार नाजवाफ भएको छ । यसै विषयलाई लिएर भोलि सर्वोच्च अदालतको फुल कोट बस्ने भएको बताइएको छ । सर्वोच्च स्रोतका अनुसार सो फुल कोटले नेपाल सरकार र नेपाल प्रहरीमाथि प्रश्न गर्ने जनाइएको छ ।

अदालतको फुल कोटले पूर्व प्रधानन्यायाधीशलाई गम्भीर कारण बिना नै किन पक्राउ पूर्जी जारी नै नगरी प्रहरी नियन्त्रयणमा लिइएको हो त्यसको जवाफ पठाउन सरकारसँग प्रश्न सोधिने जनाइएको छ ।

यस प्रकरणमा आज नेपालका न्यायप्रशासनसँग सम्बन्धित उच्च निकाय तथा सर्वोच्चका वर्तमान र पूर्व न्यायाधीशहरुबीच नै विभिन्न समयमा भेटघाट र सम्पर्कबाट सरसल्लाह भएको बुझिएको छ ।

आज उनीमाथि यस्तो व्यवहार भएकाले भोलिका दिनमा पनि अरु यस्तै उच्च पदस्थ एवं पूर्व न्यायधीश, प्रधानन्यायाधीशमाथि पनि यस्तै व्यवहार हुन सक्ने भएकाले त्यसलाई समयमै निकारण गर्नका लागि यस्तो कोट बस्न लागेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माकै इजलाशमा बस्ने सो फुल कोटले सरकारलाई के कस्तो आदेश तथा निर्देश दिने हो भन्ने बारेमा भने कुनै जानकारी हुन सकेको छैन । गएराति जबराको निजी निवासमा प्रहरी प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरी हिरासतमै उनलाई राखेर आज अपराह्न रिहा गरिएको छ । यस विषयमा सरकारले भने केही बताएको छैन । पक्राउ परेका जबराले पनि यस विषयमा केही भनेका छैनन् । सरकारको यो कदमको आज सर्वत्र आलोचना भएको छ ।