१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर

टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर
अ अ+ अ-

अस्टिन, टेक्सास
:  नेपाली ऐतिहासिक कला, संस्कृति र परम्परा झल्काउने लोकप्रिय इन्द्रजात्रा पर्व टेक्सासको राजधानी सहर अस्टिनस्थित पशुपतिनाथ मन्दिरमा शनिबार हर्षोल्लासका साथ मनाइएको छ।

नेपालबाट टाढा रहेका नयाँ पुस्तालाई नेपाली पहिचान बोकेको पर्व र संस्कृतिबारे परिचित गराउने उद्देश्यले अस्टिनस्थित अस्टिन नेवा पुंचको आयोजनामा इन्द्रजात्रा मनाइएको हो।

इन्द्रजात्रा काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक हो। वर्षा, कृषि र समृद्धिसँग जोडिएको यस पर्वमा विशेषगरी इन्द्रको पूजा, कुमारी, गणेश तथा भैरवको रथयात्रालगायतका परम्परागत गतिविधि गरिन्छन्।

किंवदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाका लागि मनपर्ने फूल लिन पृथ्वीमा आएका थिए। काठमाडौंको एउटा बगैँचामा फूल टिप्दै गरेका इन्द्रलाई तन्त्र-मन्त्र गरी काठमाडौंमा बन्दी बनाइएको र एउटा खम्बामा बाँधिएको किंवदन्ती छ। इन्द्रलाई खोज्दै उनकी आमा काठमाडौं आइन् र पृथ्वीका मानिसले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले काठमाडौंमा हरेक वर्ष खेती राम्रो हुने तथा त्यहाँका मृतक सबैले स्वर्गमा स्थान पाउने प्रतिबद्धता जनाई इन्द्रलाई लिएर स्वर्ग गएको भन्ने किंवदन्ती छ।

यसका साथै, १०औँ शताब्दीमा राजा गुणकामदेवले काठमाडौं सहरको स्थापना गरेको सम्झनामा इन्द्रजात्रा पर्वको सुरुवात गरेका थिए भन्ने भनाइ पनि रहेको छ। राजा जयप्रकाश मल्लले विक्रम संवत् १७५६ मा इन्द्रजात्रामा कुमारी जात्रा समावेश गराएका थिए।

विदेशमा रहेका नेपाली समुदायले आफ्ना मौलिक चाडपर्व तथा संस्कृतिलाई निरन्तरता दिँदै आएका छन्। अस्टिनमा आयोजना गरिएको इन्द्रजात्रामा कुमारीको रथ र पुलुकिसीलाई परम्परागत नेवारी धिमे बाजासहित नाचगान गर्दै पशुपतिनाथ मन्दिरको तीन पटक परिक्रमा गराइएको थियो।

कार्यक्रममा स्थानीय अग्रज निर्मल श्रेष्ठ र बिना श्रेष्ठले इन्द्रजात्राको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए। त्यसैगरी, ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष पदम ठकुराठीले नेपाली पर्वहरूले हाम्रो समाजमा एकता र आपसी सम्बन्धलाई मजबुत बनाउने बताए।

यस्ता पर्वहरूले समुदायबीचको एकता बलियो बनाउनुका साथै स्थानीय समुदायलाई पनि नेपाली संस्कृति र परम्पराबारे परिचित गराउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

फोटो : रविन पिया