३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही

संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही
फाइल फोटो
अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधानतको मर्मअनुसार सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।

संविधान तथा राष्ट्रिय एकता दिवस, २०८३ को पावन अवसरमा कर्णाली तथा स्वदेश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले राजनीति अधिकार प्राप्त भइसकेकाले अब लक्ष्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु मुख्य जिम्मेवारी भएको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “संविधानको मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आम प्रदेशवासीमा गोलबन्द भएर अगाडि बढ्नुपर्छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को प्रादेशिक सङ्कल्प पूरा गर्न कर्णाली प्रदेश सरकार निरन्तर क्रियाशील छ ।”

साधनस्रोतको समुचित प्रयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू नागरिकको घरदैलोसम्म पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।

त्यसको साथै यस ऐतिहासिक दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै कर्णाली प्रदेश प्राप्तिका लागि भएको ऐतिहासिक आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवनोत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइते, बेपत्ता नागरिक तथा लोकतान्त्रिक एवं प्रदेश प्राप्तिको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान एवं श्रद्धा व्यक्त गर्दछु भन्नुभएको छ ।

जनतालाई नै राज्यशक्तिको स्रोतका रूपमा स्थापित गर्दै सार्वभौमसत्ता र सम्प्रभूता जनतामा निहित गराएको यो संविधानले कर्णालीजस्तो भौगोलिक रूपमा विकट तर सम्भावनाले भरिपूर्ण क्षेत्रलाई अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले संविधान ल्याउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन र सफल कार्यान्वयनमा जोड दिन सबै सरोकारवालामा आग्रह गर्नुभएको छ । रासस