३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा सर्वदलीय बैठक सुरु-फोटो फिचर



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँगै विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने भएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा पछिल्लो समय देखिएको प्राकृतिक विपद् र त्यसबाट उत्पन्न परिस्थितिको सामना, राहत तथा पुनःस्थापना लगायतका विषयमा समेत छलफल हुनेछ।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

तस्विर : नेपाल फोटो सर्भिस