३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध



अ+ अ-

पर्सा। जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ (असोज २ र ३ गते दुई दिनसम्म) भव्यताकासाथ मनाउन जिप्रकाले जिल्ला समन्वय समिति, पर्सा, सरकारी कार्यालय सबै, पर्सा र यस जिल्लाका सबै स्थानीय तहलाई आज पत्राचार गरेको छ ।

नेपाल राज्यभर भव्यताकासाथ मनाउने सन्दर्भमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही भदौ २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले दिवसलाई देशैभरि भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

दिवस  भव्यताकासाथ मनाउने व्यवस्था मिलाउनु भनी गृह मन्त्रालय (मूल समारोह समितिको सचिवालय), सिंहदरबार, काठमाडौँको पत्रका आधारमा जिप्रकाले पर्साका विभिन्न निकायलाई अनुरोध गरेको हो ।  रासस