२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी



अ+ अ-

इजराय। इजरायली सेनाले दक्षिणी लेबनानको अलि अल–ताहेर पहाडी क्षेत्रमा रहेको सशस्त्र समूह हेजबुल्लाहको दुई किलोमिटरभन्दा लामो भूमिगत सुरुङ सञ्जाल नियन्त्रणमा लिई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको छ ।

इजरायली सेनाका अनुसार उक्त भूमिगत पूर्वाधारभित्र कमान्ड कम्प्लेक्स, हतियार भण्डार, र लडाकुहरूको बसोबास स्थलहरू रहेका थिए ।

त्यहाँबाट इरानमा निर्मित दर्जनौँ रकेट, क्षेप्यास्त्र, ड्रोन, एन्टी–ट्याङ्क मिसाइल, सुरुङ खन्ने विस्फोटक पदार्थ तथा बारुदी सुरुङहरू बरामद गरी नष्ट गरिएको सेनाले जनाएको छ ।

विगत दुई दशक लगाएर इरानी आर्थिक सहयोगमा निर्माण गरिएको यो सुरुङ सञ्जालमा हेजबुल्लाहको ‘बद्र युनिट’ को प्रमुख कमान्ड सेन्टर समेत समावेश थियो। उक्त युनिटले लिटानी नदीको उत्तरदेखि सिडोन क्षेत्रसम्मको सुरक्षा र कमान्ड जिम्मेवारी सम्हाल्दै आएको थियो ।

यसैबीच, लेबनानको राष्ट्रिय समाचार संस्थाले बिहीबार नबातिह अल–फौका नजिकैको अलि अल–ताहेर डाँडामा इजरायली सेनाले ठूलो शक्तिशाली विस्फोट गराएको जनाएको छ ।

उक्त विस्फोटका कारण नबातिह र आसपासका क्षेत्रमा जमिन हल्लिनुका साथै भीषण आवाज सुनिएको थियो । इजरायलको सीमाबाट करिब १५ किलोमिटरको दूरीमा रहेको अलि अल–ताहेर पहाडी श्रृङ्खला दुई पक्षबीचको लडाइँको प्रमुख रणनीतिक केन्द्र बन्दै आएको छ ।

अमेरिकी मध्यस्थतामा युद्धविराम घोषणा भएपनि लेबनानी भूभागबाट इजरायली सेना फिर्ता नभएको भन्दै लेबनानले आपत्ति जनाउँदै आएको छ भने हेजबुल्लाहले यस घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल