काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले बढुवा भएका दुवै सचिवको पदस्थापनसमेत गरेको छ।
निर्णयअनुसार कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै दुवै जना सचिवले प्रदेश सरकारअन्तर्गतको प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्।









