२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’



अ+ अ-

तेहरान। इरानका विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’को व्यवस्थापन तथा जलमार्ग सञ्चालनबारेओमानसँग भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको मङ्गलबार बताउनुभएको छ ।

इरानी विदेश मन्त्रालयका अनुसार, जापानी विदेशमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा अराघचीले ‘स्ट्रेट अफ होर्मुज’बारे इरान र ओमानबीच जारी वार्ताको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै महत्वपूर्ण प्रगति भएको बताएको हो ।

‘स्ट्रेट अफ होर्मुज’सँग जोडिएका दुवै तटीय राष्ट्र इरान र ओमानले पछिल्ला केही सातादेखि जलमार्गबाट हुने जहाज आवागमनको व्यवस्थापनबारे छलफल गर्दै आएका छन् । तेहरानले अस्थायी रूपमा जहाज आवागमन सञ्चालन गर्ने व्यवस्थामा सहमति जुटाउने दिशामा प्रगति भइरहेको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिकासँग युद्ध सुरु भएपछि इरानी सेनाले विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ हुँदै हुने जहाज आवागमनमा प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा अमेरिकी सेनाले होर्मुज हुँदै जहाज आवागमन सहज बनाउन सहयोग गरिरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार औसतमा प्रति रात ३० वटा जहाज पार गराइँदैछ ।

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले हरेक रात पाँच–छ वटा जहाज पार गराउने प्रयास गरे पनि “सामान्यतया ती जहाज ठोक्किने” गरेको दाबी गर्नुभएको छ ।

तेहरानले उक्त जलमार्ग पार गर्ने जहाजले पहिले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । युद्धअघिको जस्तो निर्वाध जहाज आवागमनको व्यवस्था तत्काल पुनःस्थापना नगर्ने उसले स्पष्ट पारेको छ ।

इरानले जलमार्गको प्रयोग गर्ने जहाजबाट सेवा शुल्क उठाउने प्रयाससमेत गरेको छ । तर अमेरिकासहित क्षेत्रका विभिन्न देशले उक्त कदमको कडा विरोध गरेका छन् ।

इरानी अधिकारीले हालै इरान र ओमानबीच जलमार्ग व्यवस्थापनसम्बन्धी सम्झौता आगामी दिनमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।

यद्यपि, तेहरानले अमेरिकाले आफ्ना प्रमुख माग पूरा नगरेसम्म होर्मुज जलमार्ग पूर्ण रूपमा पुनःखुला नगर्ने अडान दोहोर्‍याएको छ ।

ती मागमा इरानमाथिका तेल प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनेलगायत विषय छन् । (रासस/एएफपी)