२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ



अ+ अ-

झापा। झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१.२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र सोही ठेगानाका २५ वर्षीय चन्दनकुमार मण्डल रहेका छन् । उनीहरूको साथबाट प्रहरीले एक थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान अघि बढाएको ब्यूरोले जनाएको छ । रासस