२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा सदस्य र सदस्य-सचिव मनोनयन गर्नुभएको छ ।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गर्नुभएको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीका केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको जानकारी दिनुभयो ।

समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो ।  रासस