२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने



file photo
अ+ अ-

पर्सा। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ ।

पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।

समय तालिकाअनुसार जिल्लाबाट मनोनित गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गते आइतबारसम्म केन्द्रमा आइपुग्नुपर्नेछ । त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने भदौ ३० गते मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ । भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने अध्यक्ष सर्राफले जानकारी दिनुभयो ।

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने असोज ३ गते उम्मेदवारमाथि दाबी विरोधको समय तोकिएको छ ।

असोज ४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । महाधिवेशनअघि असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम रहेको अध्यक्ष सर्राफले जानकारी दिनुभयो ।

असोज १० गते शनिबार महाधिवेशनसँगै मतदान सम्पन्न गरी असोज ११ गते मतगणना तथा परिणाम घोषणा गरिने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । रासस