२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।

त्यसका लागि सैनिक प्रहरी युनिटको ११औँ ‘डफ्फा’लाई बदली गर्न सोही युनिटको १२औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त मिसनमा कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन् । रासस