२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री



अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफूहरुलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अघिनै मैले भनेको थिएँ, इतिहास हो । फेर्न सकिँदैन हजुर, इतिहास हो । नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर । राजीनामा पनि दिन सकिँदैन । हामीलाई किनभने उहाँहरुले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई । त्यही भएर हजुरका आशिर्वाद लिएर हामी तपाईंहरुको सेवामा आएका छौँ । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ । र सम्पूर्ण गृह प्रशासन तपाईँहरुको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरुलाई प्रमिस पनि गर्न चाहन्छु ।’

गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । –न्यजु एजेन्सी नेपाल