२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता



अ+ अ-

काठमाडौँ। पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् ।

स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिव ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयकाअनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि जारी मुसलधारे वर्षाले यो पहिरो निम्त्याएको हो ।

पहिरोमा परेका दुई जनालाई जीवितै उद्धार गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ । उद्धार कार्यका लागि शनिबार रातिसम्म ६४० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन् ।

जोड्ने सडक क्षतिग्रस्त भएका कारण अग्नि नियन्त्रक र उद्धार टोलीहरू पहाडको वैकल्पिक बाटो हुँदै शनिवार बिहान ११ बजे घटनास्थल पुगेका थिए। उद्धार कार्यमा लाइफ डिटेक्टर (जीवन पहिचान गर्ने उपकरण), ड्रोन र तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ ।

हालसम्म ३९ जना गाउँलेहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै छिमेकी क्षेत्रका ५ हजार ३ सय भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । अवरुद्ध सडक र विद्युत सेवा पुनःसञ्चालनका लागि प्राविधिकहरू खटिएका छन् भने दूरसञ्चार सेवा सुचारु भइसकेको छ ।

यस विपद्का कारण जियाङ्सी प्रान्तका करिब १ लाख ६१ हजार ५ सय बासिन्दा प्रभावित भएका छन् । स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै जियाङ्सी प्रान्तीय समितिले शनिवार दिउँसो तेस्रो तहको आपतकालीन प्रतिक्रिया जारी गरेको छ ।

यस्तै, चीनको प्राकृतिक स्रोत मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि राष्ट्रिय स्तरको आपतकालीन कार्य टोलीहरू घटनास्थलमा परिचालन गरेका छन् ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जियाङ्सीको उद्धार र राहत कार्यका लागि केन्द्रिय कोषबाट २० मिलियन युआन (करिव २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । यो रकम क्षतिग्रस्त सडक, खानेपानी, विद्यालय र अस्पताल जस्ता पूर्वाधारहरूको पुनर्निर्माणमा खर्च गरिनेछ ताकि प्रभावित क्षेत्रको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्कन सकोस् ।

चीनमा चार–तहको आपतकालीन प्रतिक्रिया प्रणाली रहेको छ, जसमा पहिलो तह सबैभन्दा गम्भीर मानिन्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल