२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध



अ+ अ-

रोल्पा। गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका–१, खोलावाङमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सहिदमार्ग अवरुद्ध भएको हो।

सडकमा ठूलो पहिरो खसेपछि घोराही हुँदै रोल्पा र रुकुमतर्फ जाने तथा ती क्षेत्रबाट दाङतर्फ आउने यातायातका साधनहरू बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा यात्रु तथा चालकहरू समस्यामा परेका छन्।

अविरल वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ।

सहिदमार्ग अवरुद्ध भएपछि दाङ, रोल्पा र रुकुमबीचको यातायात सेवा प्रभावित भएको छ। वर्षा नरोकिए थप स्थानमा पहिरो खस्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।