१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार



अ+ अ-

काठमाडाैँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।

सुरुङभित्र फसेका सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरिएको हो। शाह आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत हुनुहुन्छ भने महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ।

यसअघि सञ्जय शाहको जीवितै उद्धार गरिएको थियो। भर्खरै कबीर महर्जनलाई पनि सुरुङबाट जीवितै उद्धार गरिएको जानकारी प्राप्त भएको छ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ।