१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान तथा खोज, उद्धार र राहत व्यवस्थापनका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री शाहले आज सुरक्षा निकायका प्रमुखहरूसँग क्रमशः छलफल गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनबारे जानकारी लिइरहेका हुन्।

यसक्रममा प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म नेपाली सेनाले सञ्चालन गरेका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्।

त्यसपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे ब्रिफिङ लिने कार्यक्रम छ।

यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै छलफल गरी भोटेकोशी बाढीपछि सुरक्षा निकायबाट भइरहेका खोज, उद्धार तथा व्यवस्थापनका कामबारे जानकारी लिने तयारी छ।

प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूबाट प्राप्त जानकारीका आधारमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिने बताइएको छ।