१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल



अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ।

महासङ्घका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन्।

विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको उल्लेख छ।

मुलुक अत्यन्त ठूलो पीडामा रहेको वर्तमान परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासङ्घले जनाएको छ।

बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्याउन र हजारौँ बाढीपीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारीसाधनको आवश्यकता परेको महासङ्घले स्पष्ट पारेको छ।

उक्त मानवीय कार्यका लागि तत्काल पिकअप, मिनीट्रकजस्ता सवारीसाधन उपलब्ध गराइदिन सदस्यहरुलाई अनुरोध गरिएको छ।