१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो



अ+ अ-

तनहुँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा हालसम्म ३१ वटा शव फेला परेका छन् ।

प्रहरी टोलीले आज देवघाट गाउँपालिका-५ स्थित त्रिशूली नदी किनारबाट तीन वटा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालित प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न स्थानबाट शव फेला पारेको हो । भदौ १० गते नौ, र भदौ ११ गते १९ वटा शव फेला परेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तनहुँमा फेला परेका शवमध्ये आठ वटा प्रदेश अस्पताल दमौलीमा राखिएका छन् भने २३ वटा पोखरा पठाइएको छ ।

फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको प्रनाउ घिमिरेले बताउनुभयो । बाढीका कारण हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य शनिबार सञ्चालन गरिने उहाँले बताउनुभयो । रासस