१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो ।

आजै अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसङ्घका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले रु एक करोड ११ लाख, परिसङ्घ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजयकुमार शाहले रु एक करोडको चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै जावलाखेल डिष्टिलरीबाट रु एक करोड, हिमालयन डिष्टिलरीबाट रु एक करोड, हिमालयन बुलियन कम्पनीबाट रु एक करोड एक लाख हस्तान्तरण गरिएको परिसङ्घका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

चौधरी ग्रुप र नबिल बैंकबाट रु १५ करोड बढीको सहयोग प्रदान भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट रु १० लाख सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

परिसङ्घका अनुसार गुड होम प्रडक्टस्बाट रु दुई लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट रु दुई लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट रु एक लाख १२ हजार, कास ट्रडिङबाट रु एक लाख ११ हजार १११, सिल्भर लाइनिङबाट रु एक लाख ११ हजार १११, ग्लोकल प्रालिबाट रु ५० हजार आर्थिक सहयोग प्रदान भएको छ ।

यसअघि परिसङ्घको समन्वयमा गोर्खा बु्रअरीले रु १० करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज अर्थमन्त्रीलाई चेक हस्तान्तरण कार्यक्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसङ्घका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसङ्घका महानिर्देशक डा घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।

परिसङ्घले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीलाई रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोधसमेत गरेको छ । रासस