१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र ढाँटको जितले दिएको आशा



अ+ अ-

काठमाडौँ। “नेपाल बाढीपहिरोले पीडामा छ । कृपया आआफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला”, शुक्रबार रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित दर्ता गरेपछि नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भने ।

रिङमा प्रतिस्पर्धीविरुद्ध जित हासिल गरेपछि उनले आफ्नो सफलताको खुसीभन्दा पहिले विपद्मा परेका नेपालीको पीडा सम्झिए । उनले अगाडि थपे, “हामी उठ्नेछौँ । शिर उठाऔँ नेपालीहरू ।”

देश शोकको परिस्थितिबाट गुज्रिरहेका बेला रवीन्द्रले आफ्नो जितलाई नेपाली जनताका नाममा समर्पित गरे । उनले भनेझैँ ताजा अवस्थामा देश बुधबार गएको विनासकारी भोटेकोशी बाढीका कारण शोकमा छ । सयौँको ज्यान लिएको यस बाढीका कारण देश शोकमा छ । यस अवस्थामा रवीन्द्रले ऐतिहासिक जित दिलाउँदै केही आशाको किरण जगाएका छन् ।

यस्तो कठिन समयमा देशका लागि खुसीको खबर ल्याउने हरेक सफलता र एकअर्कालाई सहयोग गर्न गरिएको अपिलले आशा जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्छ । रवीन्द्रको आजको जित पनि त्यही आशाको प्रतीक बन्न सक्छ ।

ढाँटको अर्को इतिहास

रवीन्द्रले आज चीनको साङ्घाइस्थित अक्टागनमा न्युजिल्यान्डका एमएमए फाइटर कासिब मर्डोकलाई हराउँदै रोड टु युएफसी सिजन–५ को फाइनलमा स्थान बनाए । मिक्स मार्सल आट्र्सको इतिहासमा यो उपलब्धि गर्ने रवीन्द्र पहिलो नेपाली फाइटर बनेका छन् ।

लगातारको सफलतासँगै उनले प्रतिष्ठित एमएमए संस्था युएफसीमा छनोट हुने चरण नजिक पुगेका छन् । अब फाइनल जित्न सके रवीन्द्रको युएफसी सपना साकार हुनेछ । उनले सेमिफाइनल प्रतिस्पर्धामा कासिबविरुद्ध उत्कृष्ट खेल कौसल देखाए । सुरुआती दुई राउन्डमा अपेक्षाकृत खेल देखाउन नसके पनि रवीन्द्रले अन्तिम तथा तेस्रो राउन्डमा भने सानदार पुनरागमन गरे । यस राउन्डमा उनले कासिबविरुद्ध उत्कृष्ट प्रतिस्पर्धा गरे । रवीन्द्रको सानदार प्रहारले तेस्रो राउन्डमा कासिबले लय गुमाए ।

रवीन्द्रले अब युएफसी प्रवेशका लागि जापानका रियो ताजिमालाई हराउनुपर्नेछ । फाइनल खेलको मिति सार्वजनिक हुन बाँकी छ । यदि त्यो प्रतिस्पर्धा जितेमा रवीन्द्र युएफसीमा प्रवेश पाउने पहिलो नेपाली फाइटर बन्नेछन् ।

पाँच खेलयता अपराजित छन् रवीन्द्र

रवीन्द्र ढाँटले हालसम्म १२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा उनले ११ खेलमा जित निकालेका छन् । रवीन्द्रले सन् २०२४ यता अपराजित छन् । उनले २०२३ को डिसेम्बरमा पाकिस्तानका इस्माइल खानसँग मात्र पराजय व्यहोरेका थिए । त्यसयता रवीन्द्रले रिङमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।

गत वर्ष भारतमा आयोजना भएको म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि उनले थप चर्चा पाए । त्यस प्रतिस्पर्धामा रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गरेका थिए ।

रवीन्द्रले गत मे महिनामा रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा पनि सहजै जित दर्ता गरेका थिए । मकाउमा आयोजित उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गरेका थिए ।

आफ्नो जितयात्रा जारी राख्दै रवीन्द्रले आज सेमिफाइनलमा कासिब मर्डोकलाई हराउँदै अर्को इतिहास रचे । उनको यो जितसँगै मर्डोकले एमएमए करिआरमा पहिलो पराजय व्यहोरेका छन् ।

रवीन्द्रसँग प्रतिस्पर्धा गर्नुअघि उनले आठ खेल खेल्दा पराजय व्यहोरेका थिएनन् । तर, रवीन्द्रविरुद्धको प्रतिस्पर्धापछि मर्डोकको जित यात्रामा पूर्णविराम लागेको छ ।