१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली



फाइल फोटो
अ+ अ-

मकवानपुर। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ।

टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइते, उद्धार गरिएका तथा सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी लिएको नगरप्रमुख लामाले बताए।

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा परिवारसँग सम्पर्क टुटेका नगरवासीको अवस्था पहिचान गर्न सम्भावित अस्पताल तथा उद्धार केन्द्रमा पुगेर विवरण संकलन भइरहेको उनले जानकारी दिए।

“हामी धादिङको गल्छी क्षेत्रसहित काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुग्यौँ”, नगरप्रमुख लामाले भने, “आज अन्य सम्भावित स्थानमा पुग्नेछौँ। परिस्थिति अनुकूल भए रसुवासम्म जाने तयारी छ।”

टोलीले अस्पतालमा उपचाररत घाइतेको अवस्था, उद्धार गरिएका व्यक्तिको पहिचान तथा सम्पर्कविहीनको खोजी कार्यबारे सम्बन्धित निकायसँग जानकारी लिएको छ।

प्राप्त विवरणलाई पीडितपरिवारबाट सङ्कलित विवरणसँग भिडाएर अवस्था एकिन गर्ने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।