१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने



अ+ अ-

सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि गाउँपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने निर्णय गरेको हो। त्यसैगरी, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय तथा कर्मचारीबाट एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय पनि गरिएको छ।

गाउँपालिकाले विपद्को यस कठिन घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग गर्ने पालिका अध्यक्ष झम्कनाथ नेपालले बताए।