१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा आज बिहान गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुल्याउन निर्देशन दिनुभयो ।

उहाँले विपद् व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत आह्वान गर्नुभयो ।

विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै सभामुखले आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते बिहीबार दिनको १ः०० बजे बस्नेछ ।




भर्खरै