१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत



अ+ अ-

काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीमा परी घाइते भएका ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

उपचाररत घाइतेमध्ये नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी (४२), सीता भण्डारी (४१) र विवेक कमाल (२४) राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। विवेकको सम्पर्क नम्बरसमेत प्रहरीले सार्वजनिक गरेको छ।

त्यस्तै तेजबहादुर तामाङ (३४), पम्बा तामाङ (४८), कुशल मगर, ‘कार्की’ भन्ने पुरुष व्यक्ति (४५), नामथर खुल्न नसकेका एक पुरुष (३५), मिनबहादुर श्रेष्ठ, गिरीलाल बुढाथोकी (४०) र रुपक रोका शिक्षण अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार केही घाइतेको पूरा विवरण खुल्न बाँकी रहेको छ। रसुवामा आएको बाढीबाट प्रभावित तथा घाइतेको उद्धारपछि उनीहरूलाई काठमाडौं ल्याई उपचार भइरहेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०८३ भदौ १० गते जारी गरेको प्रेस विज्ञप्तिमा घाइतेहरूको नाम, उमेर, ठेगाना तथा उपचाररत अस्पतालको विवरण सार्वजनिक गरेको हो।