८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभा बैठक भोलि



अ+ अ-

हेटौँडा। बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने भएको छ ।

बैठक प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।

आज साँझ ८ः०० बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले राससलाई जानकारी दिनुभयो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उहाँले बताउनुभयो । रासस