६ भाद्र २०८३, शनिबार
,
Latest
मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत



अ+ अ-

काठमाडौँ। ट्रम्प प्रशासनले कतारलाई ४.५ अर्ब अमेरिकी डलर बराबरको ‘केसी–४६ए’ एरियल रिफ्युलिङ विमान र सोसँग सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार कतारले चार थान केसी–४६ए विमान, चार थान जगेडासहित आठ थान पिडब्ल्यु ४०६२ टर्बोफ्यान इन्जिन, राडार वार्निङ रिसिभर र इन्फ्रारेड काउन्टरमेजर सिस्टम लगायतका अन्य प्राविधिक उपकरण र सहयोग सेवा खरिदको माग गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले कतारले यी सैन्य सामग्री र सेवाहरूलाई आफ्नो सशस्त्र बलमा सहजै समाहित गर्न सक्ने क्षमता राख्ने बताएको छ । साथै, यस प्रस्तावित बिक्रीले त्यस क्षेत्रको आधारभूत सैन्य सन्तुलनमा कुनै परिवर्तन नल्याउने समेत स्पष्ट पारिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल




भर्खरै