६ भाद्र २०८३, शनिबार
,
Latest
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध



अ+ अ-

काठमाडौँ। पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन्।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अवरुद्ध दुवै सडक खुलाउने प्रयास जारी छ।