३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै



अ+ अ-

काठमाडौं । आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो ।

आजको दिन विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

विसं २०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी कानुन संसद्बाट पारित भएको थियो । कानुन पारित भएको ३० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकाले २०६४ भदौ ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको हो । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।

लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकलाई व्यवहारमा उतार्दै यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले कानुन निर्माण गरिएको हो । सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्न तथा सुशासनको प्रत्याभूति गराउन सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

नागरिकको यस हकको निर्वाध प्रयोगबाट मात्रै मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।